प्रेम गरेकै कारणले दलितहरु जेलमा जान्छन्, मारिन्छन || रघुजी पन्त

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सप्तरीमा बबिता ईश्वर र मनोज रामले कानूनी विवाह गरेको भएपनि केटीको उमेर घटाएर नक्कली जन्मदर्ता बनाइ केटालाई थुनिएको भन्दै दोषी उपर कारबाही गर्न माग गरे। उनले वडा अध्यक्षले फर्जि जन्मदर्ता बनाएकाले वडा अध्यक्षलाई समेत कारबाही गर्नुपर्ने बताए
। दलितहरु माथि अझै विभेद भइरहेको भन्दै सामाजिक चेतना दिने काम राजनीतिक दलहरुले पनि गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने – ‘प्रेम गरेकै कारणले दलितहरु जेलमा जान्छन् । मारिन्छन्
। सप्तरीको बबिता ईश्वर भन्ने केटीले २१ वर्ष पुगेतापनि मनोज राम भन्ने
दलित केटासँग विवाह गरिन् । विवाह गरेर कपिलवस्तुको अदालतमा गएर जन्मदर्ता
देखाएर दुवै जनाको उमेर २१/२१ वर्ष छ भनेर कपिलवस्तुको अदालतमा विवाह दर्ता
भयो । तर केटीको बाबुलाई त्यो कुरा मन परेन । उनले वडा अध्यक्षलाई भनेर
केटीको उमेर घटाएर । जन्मदर्ताको नयाँ नक्कली प्रमाणपत्र झिकेर केटीको उमेर
घटाएर नाबालिग बनाएर केटालाई पनि जेलमा राखेको छ । केटाको दाजुलाई समेत
अपहरणमा, शरिर बन्धकमा जेलमा राखेको छ । खालि प्रशासनको मात्रै होइन हामी
राजनीतिक पार्टीहरुले कांग्रेस, एमाले, माओवादी जस्ता ठुला दलहरुले जनताका
बिचमा सामाजिक चेतनाको काम गरेनौँ । समाजमा चेतनाको काम गरेनौँ र समाज
रुपान्तरणको कुरा सरकार र प्रशासनमा मात्र भर प¥यौँ । प्रश्न उठेको छ,
दलितले समान अधिकार कहिले पाउने ? दलितहरु पीडिको पिडित, मारिएको मारिएकै र?
यस्ता विषयमा सरकारको ध्यान जाओस् । यो प्रशासन र प्रहरीको बदमासी हो ।
नक्कली जन्मदर्ता बनाउने वडा अध्यक्षलाई कारबाही गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्