बंगालको बांकुरामा २ मालगाडी रेल दुर्घटना

पश्चिम बंगालको बांकुराको ओन्डामा आज बिहान ९आइतबार० पहिले नै उभिएको अर्को मालगाडीलाई एक मालगाडीले ठक्कर दिएको छ। एक वरिष्ठ दक्षिण पूर्वी रेलवे एसइआर अधिकारीले भने कि कम्तिमा २० एक्सप्रेस र यात्री ट्रेनहरू रद्द गरियो र केही अन्य रेलहरू दुर्घटनाको कारण डाइभर्ट गरियो। उनले थप भने दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तर, दुर्घटनाका कारण दक्षिण पूर्वी रेलवेको आद्रा डिभिजनमा करिब ४ घण्टा रेल सेवा प्रभावित भएको थियो । बिहान करिब ४ बजे भएको मालगाडीको ठक्करबाट ८ वटा डिब्बा पटरीबाट खसेका छन् ।

दक्षिण पूर्वी रेलवेका वरिष्ठ अधिकारीले पटरीबाट खसेका डिब्बा हटाइएको बताए । रेल लाइन मार्ग पुनर्स्थापित भएपछि, १८०११ हावड़ा(चक्रधरपुर एक्सप्रेस बिहान ८ बजे त्यहाँबाट गुज्र्यो।

अधिकारीले भने कि माल ट्रेनका चालकले सिग्नललाई बेवास्ता गरेको हुन सक्छ। जसका कारण रेल ‘लुप लाइन’ मा गएर त्यहाँ उभिएको अर्को मालगाडीसँग ठोक्किएको थियो । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान गरिनेछ।

उल्लेखनीय रूपमा, यो घटना ओडिशाको बालासोर जिल्लाको बहानागा बजार स्टेशनमा जुन २ मा भएको भयानक रेल दुर्घटनाको केही हप्ता पछि भएको थियो, जसमा २८८ जनाको मृत्यु भएको थियो। अन्य सयौं व्यक्ति घाइते भएका छन् । ओन्डा बहनागा बजारबाट करिब २५० किलोमिटर टाढा छ

प्रतिक्रिया दिनुहोस्