स्कुटर चोरीमा संलग्न ३ जना पक्राउ

असार १०- भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक पाईपलाईनस्थित पार्किङ गरी राखिएको बा.८१ प ८७६६ नम्बरको स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा खोटाङ दिक्तेल डाँडागाँउ गाउँपालिका घर भई भक्तपुर कमलबिनायक बस्ने १४ वर्षीय किशोरसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातिबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्