नयाँ दिल्लीको रेलवे स्टेशनमा करेन्ट लागेर एक महिलाको मृत्यु

 

नयाँ दिल्लीको रेलवे स्टेशन परिसरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । महिलाको नाम साक्षी आहुजा हो, स्टेशन परिसरमा पानी जमेको कारण यो घटना भएको बताइएको छ । यस विषयमा जनता आक्रोशीत भएका छन । फोरेन्सिक टोली घटनास्थलमा पुगेको बताइएको छ । महिलाको शव पोष्टमार्टमका लागि लेडी हार्डिङ्ग अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रेलवे र दिल्ली पुलिस अधिकारीहरूले यस दुखद दुर्घटनाको अनुसन्धान सुरु गरेका छन्।

नयाँ दिल्ली रेलवे स्टेशनको पार्किङ एरियामा पानीमा विद्युत् सट भएर यो दुर्घटना भएको हो । ती महिला आफ्ना श्रीमान र परिवारसँग छुट्टी मनाउन गएकी थिइन् । करेन्ट लागेर महिलाको मृत्यु भएको छ । यस विषयमा दिल्ली प्रहरीले अपराधी हत्याको मुद्दा दर्ता गरेको छ। यो दुर्घटनामा साक्षीका दुई सन्तान अनाथ भएका छन् । साक्षीलाई वन्दे भारत ट्रेनबाट जानुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्