आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मनिष झाले देशमा उपराष्ट्रपतिको पद
आवश्यक नभएको बताएका हुन। उनले हालसम्म उपराष्ट्रपतिको पदले
सम्झनलायक कुनैपनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न
उठाए । उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै
गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए।
उनले भने – ‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात आजसम्म ५
हजार ११५ दिन भएको रहेछ । ४ वटा कार्यकाल, तिनवटा अनुहार । त्यो
हेर्दैगर्दाखेरी सम्झिन लायकको कुराहरु के छ त रु ५ हजार ११५ दिनले यो पदले
सम्झिन लायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँ रु यसले दिएको हामीलाई रु
त्यसैले गर्दा त्यो सम्झिन सक्दैनौँ भने यो पदको औचित्यको जवाफ सम्झिन
सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ । त्यसैले गर्दापनि हामीले
सोच्नुपर्छ । हामी यो पदको परिकल्पना गर्दैनौँ । हामी यो पद आवश्यक छैन
भन्छौँ । र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ ।’
उहाँले कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहनु नहुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्