रुसमा आन्तरिक द्वन्द्व चर्किने सम्भावना, सुरक्षा व्यवस्था कडा

 

रुसमा आन्तरिक द्वन्द्व चर्किने सम्भावनालाई मध्यनजर गरी विभिन्न मूख्य सहरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले आफ्ना सैनिकहरु रुसी क्षेत्रमा प्रवेश गरेको बताएपछि सुरक्षा व्यवस्था कडा परिएको हो । प्रिगोजिनले रुसी सेनाको आक्रमणमा आफ्ना थुप्रै साथीहरु मारिएको आरोप लगाउदै बदला लिन अब आफ्ना सैनिकहरु रुस प्रवेश गरेको बताएपछि सुरक्षा कडा पारिएको हो । उनले युक्रेनी सैनिकसँग मिलेर केही रुसी सीमा पार गरेको दाबी गरेका छन् । रुसले भने प्रिगोजिनले विद्रोह गरेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान सुरु गरेको छ । क्रेमलिनले वाग्नर समूहले शिविरमा आक्रमण गरेको दाबीको खण्डन गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू सम्पूर्ण घटनाक्रमको बारेमा अवगत भएको बताएका छन् । रुसी सैनिक अधिकारीहरुले वाग्नर समूहका सैनिकहरुलाई तत्काल विद्रोह त्याग्न आग्रह गरेका छन् । वाग्नर समूह रुसको लागि युक्रेनविरुद्ध लडिरहेको एउटा निजी सैनिक दस्ता हो ।।

प्रतिक्रिया दिनुहोस्