धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटना

 

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने अन्दाजी १३÷१४ वर्षीया किशोरी हुन् । एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस सडकमै पल्टिएर भएको दुर्घटनामा ३० यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्