जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

असार ८-काठमाडौं, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्