धनगढी र कञ्चनपुरमा लागुऔषधसहित ५ पक्राउ

असार ८-धनगढीः लागुऔषधसहित धनगढी र गोदावरीका युवा पक्राउ परेका छन्। अत्तरियाबाट गोदावरीतर्फ जादै गरेको धनगढी उपमहानगरपलिका–३ का २० वर्षीय आशिष भण्डारी र २३ वर्षीय राजेन्द्र बोहरालाइ पक्राउ गरिएको छ।

भण्डारीले चलाएको सु.प.प्र. ०१००९ प ४९ नम्बरको मोटरसाइकल संकालागि चेकजाँच गर्दा पछाडी सवार बोहराको साथबाट २६० मिलीग्राम लागुऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुबै जनालाई अस्थाई प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले बिहीवार साँझ नियन्त्रणमा लिएको हो।

यस्तै धनगढी उपमहानगरपलिका–३ त्रिनगर ब्यारेलबाट गोदावरीका एक जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२ का १९ वर्षीय योगेन्द्रबहादुर देउवालाई शंकालगि चेकजाच गर्दा २ ग्राम ७६० मिलिग्राम लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो। जिल्ला प्रहरी कर्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा देउवालाइ नियन्त्रणमा लिएको हो।

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

भीमदत्तन नगरपालिका–१८ सालघारी घरभएका टेक राज चटौतको घरमा डेरा गरी बस्ने १८ वर्षीय अभिषेक सोनाम र २४ वर्षीय प्रशान्त कुँवरलाइ बिहीवार पक्राउ गरिएको हो। कुँवरको कोठामा संकालागि चेकजाँच गर्दा ५.९९ ग्राम खैरोहिरोइन फेला पारेको प्रहरीले बताएको छ। दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्