बर्दघाटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

 

असार ७-नवलपरासी,  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ५ बण्डाखाेला स्थित गएराती माेटरसाईकल अनियन्त्रित भई पल्टिँदा उपचारकाे क्रममा १ जनाकाे मृत्यु भएकाे छ भने २ जना घाईते भएका छन् । मृत्युु हुनेमा सुस्ता गाउँपालिका वडा नं २ बस्ने बर्ष १९ बर्षिय ओमनारायण चौधरी रहेका छ्न भने घाइते हुनेमा साेहि ठाउँ बस्ने बर्ष १८ को जयकिसन चौधरी र बर्ष २२ को विशाल मुखिया रहेका छ्न ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको यु पि ५७ जेड ८९८१ नम्बरको भारतिय मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक तथा मोटरसाइकलमा सवार अन्य दुईजना व्यक्तिहरु घाईते भई उपचारको लागी सामुदायिक चिसापानी अस्पताल बर्दघाट पठाए पछि माेटरसाईकल चालककाे अवस्था गम्भीर रहेकाेले थप उपचारकाे लागि मेडिकल कलेज भैरहवा रिफर गरेपछि अस्पतालले आज बिहान १:४० बजे मृत घाेषणा गरेको हाे ।

दुर्घटना स्थलमा ईलाका प्रहरी कार्यालय बर्दघाट बाट प्रहरी सहायक निरिक्षक लक्ष्मण रास्कोटीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको थियो भने मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

मृतकको शव पाेष्टमार्टमको लागी भिम अस्पताल भैरहवामा पठाएकोमा पाेष्टमार्टम पश्चात शव आफन्तले बुझेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सुचना अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

 

स्रोतः रुपन्देही खबर

प्रतिक्रिया दिनुहोस्