रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुँदा दश जना घाईते

असार  ७ – रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुँदा दश जना घाईते भएका छन् ।

 

घाईते हुनेहरुमा मुसिकोट नगरपालिका ५ निवासी १३ वर्षिया सरस्वती केसी, ५५ बर्षिया लिला केसी, मुसिकोट नगरपालिका १३ निवासी ५० बर्षिया सुबि रोका, मुसिकोट नगरपालिका ३ निवासी १३ बर्षिया सुजाता केसी, सोहि ठाउँकी १२ वर्षिया करिना केसी, सोहि ठाँउ निवासी १४ वर्षिया दक्षिणा खड्का, ८ वर्षिया बर्षा केसी, मुसिकोट नगरपालिका १ निवासी ३५ बर्षिया बिनिता केसी, दाङको शान्तिनगर गाउँपालिका ४ निवासी २५ वर्षिया टिका ओली केसी र सोहि ठाउँ निवासी ३३ बर्षिया टिका केसी रहेको प्रहरीले जनाएको छ । घाईते मध्य बर्षा केसीको अवस्था सिरियस रहेको बताईएको छ ।

 

प्रहरीका अनुसार उक्त जीपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । आज बिहिबार बिहान जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्वर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्वरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभएके छ । जिप स्टाट गर्ने क्रममा ब्रेकले काम नगरी ब्याक हुन जाँदा सडकबाट तल खसेको प्रहरीले बताएको छ । घाईतेहरु सबैको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ ।

 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्