हिउँमा चिप्लिएर दार्चुलामा एक जनाको मृत्यु

असार ६ – धनगढी ।  दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ।

जिल्लाको अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर सोही पालिका–४ खल्याडीका ४५ वर्षीय लक्ष्मणसिंह बोहराको मंगलबार मृत्यु भएको हो।

हिउँबाट चिप्लिएका बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

स्रोतः धनगढी खबर

प्रतिक्रिया दिनुहोस्