शेयर बजार १४.०५ अंकले घटेको छ

 

शेयर बजार मापक नेप्से सूचक आज १४.०५ अंकले घटेर २०५०.७९ विन्दुमा झरेको छ ।

 

पछिल्लो ३ दिनदेखि शेयर बजार लगातार करेक्सन मुडमा देखिएको छ । बढ्दो क्रममा रहेको बजार ३ दिनदेखि नकारात्मक देखिएको हो । आज बजारमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ । आज कुल ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँको ८६ लाख ५१ हजार १६४ कित्ता शेयर कारोबार भएको छ । केही दिनअघि ५ अर्बभन्दा माथिसम्मको कारोबार भएको बजारमा अहिले कारोबार रकम पनि ओरालो लाग्न थालेको हो ।
नेप्से सूचक घटे पनि होटल क्षेत्र भने चम्किएको छ । होटल क्षेत्रमा लगानीकर्ताको आकर्षण कायमै छ ।

 

कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक नकारात्मक देखिँदा होटल उपसमूहको सूचक भने ४ प्रतिशतभन्दा धेरैले बढेको छ । आज हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ । सिटी होटलको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ भने सोल्टी होटलको ७.४४ प्रतिशत, बिपिडब्लु लघुवित्तको ६.१० प्रतिशत र इङ्गवा हाइड्रोपावरको शेयर मूल्य ५.९८ प्रतिशतले बढेको छ । ग्रिन भेन्चर्स लिमिटेडको शेयरमूल्य ६.९८ प्रतिशतले घटेको छ भने मेन्छियाम हाइड्रोपावरको ५.४८ प्रतिशत, मानुषी लघुवित्तको ५.४१ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ५.११ प्रतिशतले घटेको छ ।

 

आज शिवम् सिमेन्टको सबैभन्दा धेरै २३ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टी होटलको १९ करोड, हिमालयन डिस्टिलरीको १६ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्