महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्य

लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो ।

 

सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश पीडित जलेका छन भने अरुलाई गोली लागेको छ । मोराका अनुसर राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा अनुसन्धानकर्ताहरूले खोजी गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । यस्तै घटना सन् २०१९ मा पनि घटेको थियो जुन झडपमा ४० गिरोह सदस्यको मृत्यु भएको थियो । न्यु योर्क टाइम्सका अनुसार मङ्गलबारको घटनामा मृत्यु हुनेको सङ्ख्याले अमेरिकी देशमा नराम्रो परिदृष्य उदाङ्गो पारेको छ । महिला कारागारमा हालैका वर्षहरूमा हत्या–हिंसाका घटनाहरू बढेका छन् जहाँ दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ । राष्ट्रपति जिओमारा क्यास्ट्रोले यस घटनाले “स्तब्ध“ भएको र जिम्मेवार अधिकारीहरूलाई जवाफदेही बनाउन “कडा कदम“ चाल्ने बताउँनु भएको छ । एमएस–१३ र १८ स्ट्रिट ग्यान्गहरू लामो समयदेखि प्रतिद्वन्द्वीहरूले (जुन संयुक्त राज्यमा उत्पत्ति भएका थिए) दशकौंदेखि होन्डुरस र छिमेकी देशहरूमा हिंसा भड्काइरहेका छन् ।

 

ह्युमन राइट्स वाचद्वारा सन् २०२१ को होन्डुरसको प्रतिवेदन अनुसार “कारागारहरूमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, कमजोर सरसफाइ, कुटपिट, अन्तर–सामूहिक हिंसा, र बन्दी हत्याहरू चरम अवस्थामा छन् ।“ न्यु योर्क टाइम्सका अनुसार एक सरकारी

 

अधिकारीका अनुसार होन्डुरसको नेशनल वुमेन्स पेनिटेन्शियरी फर सोशल एडप्टेसनले लगभग ८०० कैदीहरूलाई राखिएको छ यो सङ्ख्या क्षमताभन्दा लगभग दोब्बर हो । मानव अधिकार सम्बन्धी अन्तर–अमेरिकी आयोगले सन् २०२० मा होन्डुरन जेलहरूमा “थुप्रै हिंसात्मक घटनाहरू“ घटेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्