भरूवा बन्दुकसहित पक्राउ तथा बरामद

असार ३, धादिङ, ज्वालामुखी गाउँपालिका-४ धुवाखोलाबाट भरुवा बन्दुक ३ नाल, खुकुरी १ थान र करिब ४ किलोग्राम मृगको मासुसहित सोही ठाउँ बस्ने ६० वर्षीय पदम सिलवाल समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त सामग्रीसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी धादिङ, नेत्रावती गागउँपालिका-२ कमरेनमाथि माथिलो गुम्बास्थित जगंलबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ नाल शनिबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सेमजोङबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्