अवैध लागूऔषधसहित चार जना पक्राउ

असार ३ , मोरङ, बेलबारी नगरपालिका-१ सिसौलीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ केजी ४ सय ८२ ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया गंगामाया राई र धनकुटा छिन्ताङ्ग सहिदभूमी गाउँपालिका-७ घर भएका २० वर्षीय केवल राई रहेका छन् । गंगामाया राईको घरमा अवैध रुपमा लागूऔषध कारोबार भइरहेको भन्‍ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गंगामायाको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ४ ग्राम १९ मिलीग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २९ वर्षीय सन्तोष कुमार साह र सिरहा, सिरहा नगरपालिका-१७ ईनरवा टोल वस्ने १९ वर्षीय सुरज कुमार पासवान रहेका छन् ।  ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतीय बीआर ३२ आर ७७०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्