भारतीय प्राविधिकहरु एकतर्फी रुपमा नेपालको जमिनमा नापजाँच गर्दा सुरक्षाकर्मीले भने सुईको समेत पाएन्न

आईतबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले यही असार १ गते भारतीय प्राविधिकहरुको टोलीले एकतर्फी रुपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरुले सुईकोसमेत नपाएको भन्दै आपत्ति समेत जनाए । उपसभापति अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रुपमा नापजाँच गर्ने काम सामान्य र स्वभाविक नभएको उल्लेख गर्दै त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।

उनले भने, असार १ गते भारतीय प्राविधिकहरुको टोलीले इन्डियन नेशनल हार्इंवे सर्भे गर्ने भन्दै कन्चनुपरको भुजेला, गड्डा चौंकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे । सर्भेका सामानसहित आएका ती प्राविधिकहरु नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईको समेत पाएनन् । के उनीहरुलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? सम्माननीय सभामुखमार्फत् म सरकारलाई प्रश्न सोध्न चाहन्छु । बरु सुरक्षाकर्मी भन्दा त्यहाँका स्थानीय धेरै जागरुक र सचेत देखिए सभामुख महोदय । उनीहरुले गलत काम भईरहेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वभाविक मान्न सकिदैन सभामुख महोदय । त्यसैले त्यसको सत्यतथ्य छानविनका लागि म सम्माननीय सभामुखमार्फत् गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । ’

प्रतिक्रिया दिनुहोस्