प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी तथा पहिरोका कारण जनधनको क्षतिप्रति दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी तथा पहिरोका कारण देशका विभिन्न ठाउँमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

 

प्रधानमन्त्री दाहालले बेपत्ताहरुको खोजी, उद्धार एवम् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन दिएका हुन । साथै आ–आफ्नो ठाउँबाट सहगोग गर्न आमसमुदायलाई अपिल समेत गरेका छन् । मनसुनी वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरोमा परी विस जना भन्दा धेरै बेपत्ता भएका छन ।

 

बाढी र पहिरोका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको छ । घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको हो ।।

प्रतिक्रिया दिनुहोस्