अवैध लागूऔषधसहित पक्राउ

असार २,पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेटसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ बस्ने ३२ वर्षीय वीर बहादुर स्याङतानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल समेतको संयुक्त टोलीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेको ना.३९ प २४५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक स्याङतानलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्