हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

असार २,स्याङजा, अर्जुनचौपारी गाउँपालिका-६ सिंउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटालाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) लाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुजनले हँसिया प्रहार गरी हर्षितको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घटना पश्चात फरार रहेका सुजनलाई पुतलीबजार नगरपालिका-१ बाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्