दाङमा किर्ते हस्ताक्षर गरि नागरिकता बनाउने ८ जना पक्राउ

असार २, दाङ ।  दाङमा किर्ते हस्ताक्षर गरि नागरिकता बनाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तीका बाजे नाता पर्ने राजपुर गाउँपालिका ५ सिमल खुटीका ज्ञान बहादुर विक, बोइ (हजुर आमा) नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाती) विवेक विक, नागरिकता बनाउनका लागी शाक्षी बस्नेहरु सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम्  डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ । ज्ञान बहादुरले आफ्नो छोरीको छोरा (नाति) विवेकलाई आफ्नो छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरुलाइ तत्काल पक्राउ गरेको हो । उनले गत बैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसालेर नातिलाई छोरा बनाई जन्म दर्ता बनाएको प्रहरीको भनाई छ ।

 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्