भारत–पाकिस्तान सीमा एलओसीको छेउमा ५ आतंककारी मारिए

 

जम्मू–कश्मीरमा, भारत–पाकिस्तान सीमा एलओसीको छेउमा रहेको कुपवाडा जिल्ला नजिक सुरक्षा एजेन्सीहरूको आतंकवादीहरूसँगको भिडन्तमा ५ आतंककारी मारिएका छन्।

जम्मू कश्मीर प्रहरी र सेनाको संयुक्त अभियानमा यी आतंककारी मारिएका हुन्। जानकारीका अनुसार सेना र जम्मू कश्मीर पुलिसले यस क्षेत्रमा खोजी अभियान चलाएको थियो र यस खोज अभियानको क्रममा आतंककारीहरूले उनीहरूमाथि गोली हानेका थिए। सुरक्षा एजेन्सीहरू र आतंककारीहरू बीचको यो भिडन्तमा, ५ पाकिस्तानी आतंकवादी मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्