भारतको मणिपुरमा आतङ्ककारीकारीले केन्द्रीय मन्त्री सिंहको घरमा आगजनी गरे

 

बिहीबार १५ जुन राति मणिपुरको इम्फालमा भीडले केन्द्रीय मन्त्री आरके रञ्जन सिंहको घरमा आगजनी गरेको छ ।

 

अधिकारीका अनुसार घटनाका बेला केन्द्रीय मन्त्री घरमा थिएनन् । यति मात्रै होइन, न्यू चेकनका दुईवटा घरमा पनि आतङ्ककारीकारीले आगजनी गरेका छन् । त्यसपछि सुरक्षा बलले अश्रुग्यास प्रहार गरेको थियो । यसअघि १४ जुनमा इम्फालको लाम्फेल क्षेत्रमा रहेको महिला मन्त्री नेम्चा किप्जेनको सरकारी निवासमा पनि अज्ञात व्यक्तिले आगजनी गरेका थिए ।

अहिले निपुरको अवस्था निकै तनावपूर्ण छ । राज्यका १६ मध्ये ११ जिल्लामा कर्फ्यू जारी छ भने इन्टरनेट सेवा पनि बन्द छ । यति मात्रै होइन, आधारभूत आवश्यकताका लागि पनि जनता संघर्षरत छन् । हिंसाग्रस्त मणिपुरमा एक महिनाभन्दा बढी समयदेखि शान्तिका लागि निरन्तर प्रयास भइरहेका छन् तर सबै प्रयास असफल बन्दै गएको देखिन्छ । पीटीआईका अनुसार,एक महिनाअघि मणिपुरमा मेइतेई र कुकी समुदायबीच भएको हिंसामा १०० भन्दा बढीको ज्यान गएको थियो भने ३१० जना घाइते भएका थिए । राज्यमा शान्ति स्थापना गर्न सेना र अर्धसैनिक बल तैनाथ गरिएको छ।

 

मणिपुरमा हिंसा जारी छ। समाचार एजेन्सी एएनआईका अनुसार मङ्गलबार आतङ्ककारीहरूले गरेको अकस्मात गोलीबारीमा ९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यस क्रममा शरारती तत्वले खामेनलोक गाउँका धेरै घरमा आगजनी समेत गरेका थिए । तामेङलोङ जिल्लाको गोबजाङमा पनि कैयौं घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्