मेलम्ची खानेपानी आयोजनाले बर्षायाममा पनि पानी नरोक्ने

Melamci

मेलम्ची खानेपानी आयोजनाले यो बर्ष बर्षायाममा पनि पानी ल्याउन नरोक्ने भएको छ ।

 

बुधबारदेखि मनसुन भित्रिएपनि आयोजनाले पानी नरोक्ने तयारी अघि बढाएको हो । गत वर्षको तुलनामा हेडवक्र्समा सुरक्षाका थप उपाय अपनाइए पनि यो वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने सम्बन्धमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको आयोजनाले जनाएको छ । बालुवासहितको बाढी आएको छैन भने पानी वितरणलाई निरन्तर गर्न सकिने गरी मुहान क्षेत्र तथा हेडवक्र्समा संरचना निर्माण गरिएको छ ।

 

त्यसै गरी बाढीपहिरोको पूर्वसूचनाका आधारमा ‘हाइड्रो मेकानिकल’ प्रणालीका आधारमा स्विच थिचेर आयोजनाको मुहानको ढोका बन्द गर्न तथा खोल्न सकिने भएकाले पनि बन्द नगर्ने तयारी समितिको छ । आयोजनाले विगत दुई वर्षदेखि बर्खाको समयमा पानी वितरण रोक्दै आएको थियो । दुई वर्षअघि मनसुन भित्रिएको पहिलो दिन असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पु–याएको थियो । २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा जनधनको ठुलो क्षति पु–याएपछि गत वर्ष पानी बन्द गरिएको थियो ।।

 

प्रतिक्रिया दिनुहोस्