ग्रिसको समुद्री तटमा भएको डुंगा दुर्घटनामा पर्नेहरु अधिकांश लिबियावाट चढेका आप्रवासी रहेको खुलेको छ ।
बुधबार समुन्द्री तट नजिकै कम्तिमा ७८ जनाको ज्यान लिने गरी भएको दुर्घटनाग्रस्त डुंगामा आप्रबासीलाई मानव तस्करहरुले चढाएको खुलेको हो । प्रहरीले नौ जनालाई मानवतस्करीमा संलग्न रहेको आरोपमा पक्राउ गरेसँगै यो रहस्य खुलेको हो । तीमध्ये धेरै जना इटालीका नागरिक रहेको जनाइएको छ । १२ जनालाई प्रहरीले हिरासतमा लिएको छ । दुर्घटनामा एक सयजना जतिको जीवितै उद्धार गरिएको छ । समुद्रमा हराइरहेका सयौंको खोजी जारी छ ।
डुंगामा एक सयजना जति बालबालिका सवार रहेको सो दुर्घटनामा बाँचेकाहरुले बताएका छन् । माछा मार्न प्रयोग हुने उक्त डुंगा इजिप्टबाट रित्तै हिँडेको तर लिबियाको टोब्रुक बन्दरगाहमा रोकिएर त्यहाँबाट सयौं आप्रवासी चढाएर इटलीतर्फ जाँदै गर्दा भूमध्य सागरमा डुंगा दुर्घटनामा परेको थियो । जीवितै उद्धार गरिएकाहरुले बताएअनुसार उक्त डुंगामा साढे सात सयसम्म मानिस सवार थिए । दुर्घटना हुनुअगावै सक्रियता नदेखाएको भन्दै ग्रिसको तटरक्षक बलको आलोचना भएको छ ।
अधिकारीहरुले भने आफूहरुले गरेको सहयोगको प्रस्तावलाई डुंगावालाले अस्वीकार गरेको दाबी गरेका छन् । यो दुर्घटना युरोपकै एक खराब दुर्घटना मानिएको छ ।।
प्रतिक्रिया दिनुहोस्