कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ का गणेश बुढा र करन ओडलाई बिहीवार पक्राउ गरिएको हो।

ओडलाई शंकालागी चेकजाँच गर्ने क्रममा उनको साथबाट ११० ग्राम लागुऔषध चरेश फेला परेको हो। सोधपुछ गर्दा गणेश बुढाको पसलबाट ल्याएको बताएपछि दुबै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ब्रहमदेबले जानकारी दिएको छ। यस सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्