1XBet सट्टाबाजिमा करिव ६५ कराेड रकम काराेबार गरेकाे आराेपमा पक्राउ

कैलालिका दिनेश खड्का सट्टाबाजिमा करिव ६५ कराेड रकम काराेबार गरेकाे आराेपमा पक्राउ परेका छन |
1XBet अनलाइन सट्टाबाजि खेलायर करिव ७० कराेडकाे काराेबार गरेकाे आराेपमा कैलाली र कन्चनपुरका ३ जना सहित जम्मा ५ जना काठमाडौं बाट पक्राउ परेका छन |
बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो |
पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी-४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने छन् |
कैलालिका दिनेश खड्काकाे बैङक खाता चेकजाँच गर्दा करिब ६५ कराेडकाे काराेबार भयकाे देखियकाे भनी प्रहरिले जनायकाे छ |

प्रतिक्रिया दिनुहोस्