अमेरिकी मुलुक इक्वेडरमा एक वृद्ध महिला आफ्नो अन्तिम संस्कारका बेला सास फेर्दै गरेको देखेको घटना सार्वजनिक भएको छ ।
७६ वर्षे महिला बेला मोन्टोयलाई चिहानमा गाड्नु अघि आफन्तहरूले लुगा फेर्ने तयारी गरिरहँदा उनले सास फेरिरहेको देखेपछि मानिस अक्क न बक्क भएका हुन । मोन्टोयाको अहिले अस्पतालको अति सघन कक्षमा उपचार भइरहेको छ । अस्पतालले उनको हृदयाघातका कारण मृत्यु भएको घोषणा गरेको थियो ।
मृत घोषित मानिस जिवित भेटिएपछि इक्वेडरको स्वास्थ्य मन्त्रालयले घटनाबारे अनुसन्धान गर्नका लागि एउटा छानबिन समिति गठन गरेको छ ।।
प्रतिक्रिया दिनुहोस्