बाँकेको खजुरा गाउँपालिकामा रहेको मानखोलामा डुबेर आज दुई जना बालबालिकाको ज्यान गएको छ । पौडी खेल्ने क्रममा डुबेर खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र सात वर्षीय किरण नेपालीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।
स्रोतः तुलसीपुर खबर
प्रतिक्रिया दिनुहोस्