एमबाप्पेलाई बेच्ने तयारीमा पेरिस सेन्ट जर्मेन (पिएसजी)

फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन पिएसजीले यसै समरमा आफ्नो टोलीको महत्वपुर्ण फरवार्ड केलियन एमबाप्पेलाई बेच्ने तयारी गरेको छ ।

पिएसजीमा एमबाप्पेको सम्झौता अर्काे वर्षको गर्मीको यामसँगै सकिदैछ । २४ वर्षीय एमबाप्पेले आफ्नो सम्झौता नविकरण नगर्ने बताएपछि पिएसजीले एक वर्षको अवधिमा सित्तैमा गुमाउने जोखिमको सट्टा एमबाप्पेलाई बेच्न तयार रहेको हो ।

 

स्पेनिस क्लब रियल मड्रिडले एमबाप्पेमा चासो देखाइरहेको छ । रियलका मुख्य फरवार्ड तथा कप्तान करिम बेन्जेमा साउदी अरेबिया गएपछि रियलले टोटेनहमका ह्यारी केन वा एमबाप्पे भित्राउने तयारी गरेको छ । सन् २०१७ मा १८० मिलियन युरोमा मोनाकोबाट पिएसजी गएका एमबाप्पेले क्लबका लागि २६० खेलमा २१२ गोल गरेका छन् । उनले फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरेका छन् । जसमा गत वर्ष कतारमा भएको फाइनलमा उनले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेपनि उपाधि जित्नवाट बन्चित भएको थियो । उनले पिएसजीमा आफ्नो ६ सिजनमा ५ लिग वान उपाधि जितेका छन् ।।

प्रतिक्रिया दिनुहोस्