प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध दायर रिटमाथि आज सुनुवाइ

बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदै छ ।

पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो। माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ । द्वन्द्वकालीन घटनासँग जोडिएर प्रधानमन्त्री दाहालविरुद्ध दायर भएको यो दोस्रो रिट हो । यसअघि द्वन्द्वकालमा मारिकामध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेको सन्दर्भमा कारबाहीको माग गर्दै दायर रिट अदालतमा विचाराधीन छ ।।

प्रतिक्रिया दिनुहोस्