यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु

दार्चुलामा यार्सागुम्बा संकलन गरी परिवारका सदस्यसहित घर फर्किरहेकी एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको छ।

जिल्लाको खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत १४ वर्षीया आरती कार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। व्याँस गाउँपालिकाको हुमदुम्तीमा हिउमा चिप्लिएर घाईते भएकी बालिकाको परिवारका सदस्यले उपचारका लागि दार्चुला जिल्ला अस्पतालमा भर्ना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्