अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ, १ जना फरार

काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्‍ट्रिय विमान स्थलबाट लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय ६० ग्रामसहित जर्मन नागरिक ६३ वर्षीय PAUL WERST लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरको उडानद्वारा  काठमाडौंबाट स्तानबुल हुँदै जर्मन जान लागेका उनको २ वटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं पठाइएको छ ।

सर्लाही, मंलगवा नगरपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १० किलो ४ सय ९० ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी भाँडसरबाट खटिएको प्रहरीलाई देख्ना साथ बीआर ०६ बीके ०१७५ र बीआर ५५ ए ८२०७ नम्बरका २  मोटरसाइककलमा आएका व्यक्तिहरूले मोटरसाइकल छाडी फरार भएपछि जाँच गर्ने क्रममा उक्त मोटरसाइकलहरूको सिट मुनि लुकाई राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध नुफिन १ एम्पुल, फेनारगन १ एम्पुल, डाईजेपाम १ एम्पुल र ट्रमा २० ट्याब्लेटसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलाखा घर भई काठमाडौं सिफल बस्ने २६ वर्षीय विश्‍व लामा र महोत्तरी बर्दीबास घर भई काठमाडौं सिनामंगल  बस्ने ३२ वर्षीय राजन बोहोरा रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ नेपालटार डाडागाउँबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ ट्याब्लेटसहित सोही नगरपालिका-४ पुरानोगुहेश्वरी बस्ने ३२ वर्षीय सुर्य महर्जनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१५ डेरा गरी बस्ने १९ वर्षीया सुनिता ठकुरीसमेत ३ जनालाई अवैध लागूऔषध गाँजा ८ सय २५ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनिताको कोठामा अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

झापा, विर्तामोड नगरपालिका-१ भगवान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका-४ बस्ने ३३ वर्षीय बब्लु शिवाकोटीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-७ बस्ने २७ वर्षीय सुजन विकलाई नियन्त्रित लागूऔषध नुफिन १ सय ७८ एम्पुल, फेनारगन १ सय ७९ एम्पुल, सेरिज्याक १ सय ८४ एम्पुल र नगद ५ पाँच लाख रूपैयाँसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विकको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेटसहित सोही महानगरपालिका-३० बस्ने २१ वर्षीय ओहाव हुसैन अन्सारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० सानो सुर्खेत बस्ने ५६ वर्षीय लाल बहादुर थापालाई अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएकलो प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित बर्दिया बाँसगढि नगरपालिका-७ बस्ने ३० वर्षीय मनोज विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई  उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-१ बैरिया बस्ने २९ वर्षीय अजय घिमिरेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय १० मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घिमिरेको व्याट्री पसलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले पसल तलास गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी कपिलवस्तु, मायादेवी गाउँपालिका-३ बर्गदवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सैनामैना नगरपालिका-८ भर्सा बस्ने २५ वर्षीय आकाश चौधरी र ३१ वर्षीय बुद्धि थारू रहेका छन् । ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले पकडीबाट बर्गदवा हुँदै रूपन्देहीतर्फ जाँदै गरेको लु.४२ प ५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ कपिलवस्तु नगरपालिका-१० पचहेरा बस्ने २७ वर्षीय सुनिल कुमार लोनियाले दिएको भन्ने खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पकडी र जिल्ला प्रहरी कार्यालय कपिवस्तुबाट खटिएको प्रहरीले सुनिल कुमार लोनियालाई उनकै घरमा फेला पारी तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम फेला पारी उनलाईसमेत पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्