शेयर बजार आज ७.७९ अंकले वृद्धि

आज शेयर बजारमा एकल अंकको वृद्धि भएको छ ।

आज शेयर बजार मापक नेप्से सूचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छ । लगातार बढ्दो क्रममा रहेको शेयर बजारमा आज कारोबार रकम पनि झण्डै ३ अर्ब पुगेको छ । आज २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको ७४ लाख ५४ हजार ७ कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज अभियान लघुवित्त र कालिञ्चोक दर्शनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको ९.९९ प्रतिशत, सिटी होटलको ९.९८ प्रतिशत र चन्द्रागिरी हिल्सको ९.९८ प्रतिशतले बढेको छ । सगरमाथा जलविद्युतको शेयरमूल्य भने ३.९० प्रतिशतले घटेको छ । यस्तै युनाइटेड इदी मोदीको ३.८० प्रतिशत र सुपर मादी हाइड्रोपावरको ३.७६ प्रतिशतले घटेको छ । आज सोल्टी होटलको सबैभन्दा धेरै १५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १० करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्