कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु

उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको छ ।

 

स्डढेलोका कारण एक लाख ४८ हजार हेक्टर जमिन जलेपछि फसेका वन सुरक्षाका लागि खटिएका अधिकारीहरूको खोजी भैरहेको छ । उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पु¥याए पनि ३ सय १६ जनालाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । डढेलो निभाउने प्रयासमा एक हजारभन्दा बढी मानिस सहभागी छन ।

 

जसमध्ये अधिकांश रक्षा र आपतकालीन व्यवस्था मन्त्रालयका रहेका छन् । डढेलोको घटनापछि कजाकस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले आपतकालीन अवस्थाका मन्त्री युरी इलिनलाई बर्खास्त गरेका छन् । विशाल पूर्व सोभियत राष्ट्रका स्थानीय अधिकारीहरूका अनुसार बिहीबार चट्याङ लागेर आगलागी सुरु भएको थियो ।।

प्रतिक्रिया दिनुहोस्