भारतमा प्रहरीमाथि नै ५० किलो चाँदी लुटपाटको आरोप

भारतको उत्तर प्रदेशमा प्रहरीमाथि नै लुटपाटको आरोप लागेको छ ।

कानपुर देहातमा एक इन्स्पेक्टर र सब इन्स्पेक्टरमाथि ५० किलो चाँदी लुटपाट गरेको आरोप छ । औरैयाका एक व्यापारीसँग लुटपाट गरेको आरोपमा प्रहरी चौकी प्रमुख र इन्स्पेक्टर पक्राउ परेका छन् । इन्स्पेक्टरले औरैया नाकामा चेकजाँच गर्ने बहानामा एक ज्वेलर्स व्यवसायीको गाडी रोकेर त्यसमा राखिएको ५० किलो चाँदी लुटेर फरार भएका थिए । व्यापारीले लुटको जानकारी एसपीलाई दिएपछि उनी छक्क परे । यस घटनाको विस्तृत जानकारी आउन बाँकीनै रहेको छ

प्रतिक्रिया दिनुहोस्