काठमाडौं, चन्द्रागिरि नगरपालिका वडा नं १३ स्थित मदन भण्डारी पार्कस्थित कंकाली डाँडा भ्यु टावर संरक्षणकाे ओझेलमा परेकाे छ ।
समाजिक संजालमा जनाए अनुरुप : प्रदेश सांसद केशव प्रसाद पाेखरेलकाे पहलमा वागमति प्रदेश सरकारबाट विनियाेजित ५० लाख बाट सुरुवात भएकाे कंकाली डाँडा भ्यु टावर अर्थात्, गत साल २०७९, असार मसान्तमा काठमाडौ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेधारे कार्यक्रमको रु २ करोड र वागमती प्रदेश वाट २४ लाख चन्द्रागिरि नगरपालिका वडा नं १३ वाट विनियोजित रु २५ लाख र डिभिजन वन कार्यालयवाट रु १५ लाख को भ्यु टावर र मदन भण्डारी पार्कको निमार्ण कार्य सम्पन्न भएकाे थियाे। हाम्रो देशका अधिकांश ठाउँमा कुनै पनि दृश्य नियाल्नका लागि थुप्रै प्राकृतिक भ्यु टावर तयारी अवस्थामा छन्।
तर, विडम्बना भन्नुपर्छ, यिनै दर्जनौँ कारण मध्ये एक कारण भ्यु टावर अहिले भूत बंगलामा परिणत भईरहरेकाे देखिएकाे छ । यस स्थलमा घुम्न आएका आगन्तु तथा स्थानीयकाे भनाई अनुसार भ्यू टावर डेटिङस्थलमा परिणत भएकाे/ गोठालाहरूका लागि घाम र पानी छेक्ने स्थल बनेका छल्ङगै देखिएका छन्। के यिनै कार्यका लागि बजेट खन्याउनु आवश्यक रह्याे ?
तर पनि संम्बन्धित सराेकार निकायले यसका लागि आफूहरूले गरेको खर्च र त्यसको प्रतिफलबारे पश्चाताप नगर्नु भने चिन्ताको विषय बनेको जानकारहरु बताउँछन्।
प्रतिक्रिया दिनुहोस्