राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ४ बुड्कवा निवासी सुरेश चौधरीका १२ वर्षीय छोरा राहुल चौधरी रहेको लमही ४ का वडाअध्यक्ष शुवास न्युपानेले जानकारी दिनुभएको छ ।

हिजो शुक्रबार मध्याह्न तिर उनीसहित ३ जना बालक घर नजिकै नुहाउँन गएको र सोही क्रममा डुबेर मृत्यु भएको वडाअध्यक्ष न्युपानेले जानकारी दिनुभएको छ । मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको उहाले बताउनुभएको छ ।

 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्