दाङ, लमही नगरपालिका-९ अमिलियाबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान र बाघको हड्डी जस्तो देखिने वस्तु ८ केजी ४ सय ३० ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-७ बस्ने ३१ वर्षीय बीर बहादुर पुन र रोल्पा माडी गाउँपालिका-३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र ईलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा.२० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
स्रोतः नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस्