सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेलहरु हुँदैछन् ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच दिउसो तीन बजे प्रतिस्पर्धा हुनेछ । एपीएफ आज जित निकाल्दै रेलिगेसनबाट जोगिन चाहन्छ । एपीएफलाई रेलिगेसनबाट जोगिन कम्तिमा बराबरीको नतिजा आवश्यकता रहेको छ । फ्रेन्ड्सलाई पनि अन्तिम खेल महत्वपूर्ण रहेको छ । फ्रेन्ड्सलाई रेलिगेसनबाट जोगिन जित्नैपर्ने दबाब छ । एपीएफ २५ खेलमा ३० अंक जोडेर ११ औं र फ्रेन्ड्स २५ खेलमा २७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
यस्तै एन्फा कम्प्लेक्समा दिउसो तीन बजे नै एफसी खुमलटार र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार २५ खेलमा २७ अंक जोडेर पुछारमा रहेको छ । खुमलटार रेलिगेसन नजिक रहेको छ । रेलिगेसनबाट जोगिन गणितीय सम्भावना राख्न पनि खुमलटारलाई जित्नैपर्ने दबाब छ । चर्च ब्वाइज भने एक खेल अगाबै च्याम्पियन बनिसकेको छ । यस्तै च्यासल मैदानमा तीन बजे नै नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । पुलिस आज जित निकाल्दै लिगको सुखद अन्त्य गर्न चाहन्छ । पुलिस २५ खेलमा ३८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सातदोबाटो पनि जित निकाल्दै सिजनको अन्त्य गर्न चाहन्छ ।
सातदोबाटो २५ खेलमा ३५ अंक पाँचौं स्थानमा रहेको छ । रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीच साँझ छ बजे प्रतिस्पर्धा हुनेछ । दुबै टोलीले रेलिगेसनको संकट टारिसकेको छ ।आर्मी २५ खेलमा ३१ अंक जोडेर आठौं स्थानमा रहेको छ । हिमालयन २५ खेलमा ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।।
प्रतिक्रिया दिनुहोस्