चन्द्रागिरि नगरक्षेत्रले यसरी पाउँदैछ सार्थकता, कहाँ कहाँ जडान हुदैँ छन् त ! नि:शुल्क वाई फाई र सिसि टिभि!!

काठमाडाैँ । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को नगर भरि निशुल्क वाई फाई जडान गर्न बजेट बिनियोजन गरेकोमा टेन्डर प्रक्रिया मार्फत जडान कार्य शुरु गरेकाे छ ।
नगरको क्षेत्रमा (कलंकी नागढुंगा पीपलामोड सडक खण्डको प्रमुख चोकहरुमा/नगरपालिकाको कार्यालयमा/ प्रत्येक वडाको मुख्य मुख्य चोकमा/ सार्वजनिक स्थलहरुमा) निशुल्क वाई फाई जडान शुरु भइसकेकाले सीसी क्यामेरा जडान गर्ने कार्य पनि केहि दिनमै शुरू हुने समेत नगरपालिकाले जानकारी दिएकाे हाे ।
याे कार्य शुरु भएलगतै साेहि क्षेत्रका नगरवासीले “उक्त जडान कार्यले सम्पुर्ण जनताको सहजताका लागि कार्यालय/नगर क्षेत्र अासपासका मुख्य मुख्य चाेक, सार्वजनिक स्थान एबम धार्मिक क्षेत्रलाई प्रविधि सँग जोड्दै फ्रि नेटको पहुँचमा पुर्याउनाले सो क्षेत्रकाे प्रचारप्रसारमा एंवम् समाजिक एंवम् दैनिकि समस्या समाधान समेत सहयाेग मिल्ने विश्वास लिइएकाे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्