अवैध १८ लाख रुपैयाँसहित चारजना पक्राउ

सर्लाहीबाट अवैध १८ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन् ।

बागमती प्रदेश–०१–०२६ च ०२९९ नम्बरको कारमा लुकाइ लैजाँदै गरेको १८ लाख रकमसहित चारजनालाई पक्रेको सर्लाही प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कार चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ३ बासामाडीका ४० वर्षीय हेमराज विश्वकर्मा, कारमा सवार सुनसरीको बरहाक्षेत्र नगरपालिका ४ घर भई हाल काठमाण्डौ काडाघारी बस्ने वर्ष ३१ का मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका १ बस्ने वर्ष ३१ का दिपक तामाङ र खोटाङको रावावेशी गाउँपालिका ४ बस्ने वर्ष ४४ का विमल तामाङ रहेका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका ११ स्थित पूर्वतर्फ जाँदै गरेको सो कारलाई शंकाको आधारमा चेकजाँच गर्दा कारको पछाडि डिकीमा लुकाइ राखेको अवस्थामा १८ लाख रुपैयाँ फेला परेको हो ।

उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्