नेताले नै अर्काकी श्रीमती भगाए, पहिलो श्रीमती पुगिन अदालत

नेपाली कांग्रेश (विपी) बाट कैलाली क्षेत्र नम्बर ५ को (२) बाट २०७९ मंसिरमा भएको चुनावमा उम्मेदवार भएका दीपकराज खैर चार छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका छन्। धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका खैरले दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्रीलाई भगाए भारतको बैंगलोर गएका हुन्।

उनकी  श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमान विरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छिन्। श्रीमानले अर्कैकी श्रीमती भगाएर लगेपछि आफूसहितका चार सन्तानको बिचल्ली भएको गुनासो गरेकी छन्। यसअघि सुदुरपश्चिम प्रदेशसभामा कम्प्युटर अपरेटर पदमा कार्यरत खैरले प्रदेश सभाको अधिकृत रहेको नक्कली परिचयपत्र बनाएका छन्।

 

उनले त्यो परिचय पत्र देखाउँदै धेरै युवतिलाई जालमा पार्ने गरेको खुलासा भएको छ। हाल भारतमा रहेका उनले आफ्नो अश्लील भिडियो खिचेर आफन्तलाई पठाउने र अनावश्यक दुःख दिने गरेका छन्। खैर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा यसअघि पनि मुद्दा परेको छ। उनले सुदूरपश्चिम प्रदेश सभाको अधिकृत भएको भन्दै महिला तथा युवतीहरूलाई झुक्याउने गरेको समेत खुलेको छ।

 

खैरले आफन्तहरूलाई आफ्नो अश्लील भिडियो बनाएर पठाउने गरेका छन्। खैरले महिला आफन्तहरूलाई अश्लील भिडियो पठाउने गरेका हुन्। दैलेख घर भएकी गङ्गा क्षेत्री दुई सन्तान छोडेर खैरसँग भागेको जानकी खैरले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्