मोटरसाइकलको पछाडिबाट महिला खस्दा मृत्यु

कैलालीमा मोटरसाइकलको पछाडिबाट महिला खस्दा मृत्यु भएको छ।

जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नंम्बरको मोटरसाईकल पछाडि सवार सोहि ठाउँकि ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो। भजनी नगरपालिका–३ ठेकीपुल देखी भजनी गोरचौरा जादै गर्दा ठेकीमा खसेकि थिइन्। डगौरा आफै पछाडिबाट खसेपछि टाउकोमा गम्भिर चोट लागेको थियो

उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्