आज शेयर बजार सामान्य अंक बढ्यो

आज शेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक ४.६८ अंक बढेर १९३२.३३ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो करिब २ अर्बको शेयर कारोबार भएकोमा आज २६१ स्टकको ४१ हजार ६१३ पटकको कारोबारमा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको ६५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य १२३ रुपैयाँ बढेर १ हजार ३५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.०२ प्रतिशत बढेको छ भने स्वाबलम्बन लघुवित्तको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ४.३५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १० करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै शिवम् सिमेन्ट्सको करिब ९ करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ ।

व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.९७ प्रतिशत बढेको छ । विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । बैंकिङ्ग, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक भने घटेको छ ।

प्रतिक्रिया दिनुहोस्