अछाममा भीरबाट लडेर एक जनाएको मृत्यु

अछाममा भीरबाट लडेर एक जनाएको मृत्यु भएको छ । ढकारी गाउँपालिका – ३ हिच्मामा ५५ वर्षीय गोरे बुढाको भीरबाट लडेर मृत्यु भएको हो ।

आइतबार मन्दीरमा पुजा गर्न गएका बुढा घर फर्कने क्रममा चौपारा टाकुरा डाँडामा भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी ढकारीबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्