मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थितबाट एक महिला श्रीमानको सबै कमाई लिएर फरार भएकी छन् ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ सिकयाहा बस्ने राम जिवन मुखियाको श्रीमति कविता कुमारी मुखियाले श्रीमानले विगत १५ बर्षदेखि कमाएको सबै धन सम्पति लिएर फरार भएकी छन् ।
मुखियाले विदेशमा १५ बर्षदेखि कमाएर जम्मा गरेको सबै रकम लिएर फरार भएको बताइएको छ । उनका अनुसार, कविताले ८० लाख रुपैयाँ समेत लिएर फरार भएकी हुन् । राम जिवन करिब १५–१६ बर्ष देखि बिदेश (कतार) बस्दै आइरहेका छन् । उनको बिहे भएको १३ बर्ष भइसक्यो, सात बर्षकी छोरी र ३ बर्षको छोरा घरमा छन्।
ति दुईटै छोरा छोरीलाई घरमा छाडेर उनकी श्रीमति ठिल्ला भठियन बस्ने बिबेक मुखिया ( @bibekbhai221) नाम गरेको एक टिकटोकियासँग ८० लाख रुपैयाँ लिएर फरार भएकी हुन ।
बिबेक मुखिया टिकटोकर हुन । विवेकसँग टिकटकमै माया बसेपछि कवित उनीसँगै फरार भएकी हुन्
स्रोतः महोत्तरी न्युज
प्रतिक्रिया दिनुहोस्