पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ८ हुलाकी सडक खण्डमा माेटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ८ हुलाकी सडक खण्डकाे बैकुण्ठपुर पुलबाट गए राति ११:५५ बजेकाे समयमा माेटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइतेलाई जिल्ला अस्पताल पृथ्वी चन्द्र हस्पिटलमा लगई उपचारको क्रममा एक पुरुषकाे नामथर र वतन नखुलेको आज विहान २ बजेकाे समयमा अस्पतालले मृत घाेष्णा गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयो ।
दुर्घटना स्थल खटिगई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी टाेलीले हुलाकी सडक खण्डको बैकुण्ठपुर पुल स्थित लु ११ प १९९३ नं. सुपर स्प्लेन्डर मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक गम्भीर घाईते भएका चालकलाई प्रहरी टोली घटनास्थलबाट घाइतेलाई उपचारको लागि जिल्ला अस्पाताल परासीमा ल्याएकोमा उपचारको क्रममा आज बिहान अस्पतालले मृत घोषणा गरेको र सनाखत हुन बाँकी रहेको छ भने शब अस्पतालमा राखिएको साथै घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको सुचना अधिकारी पाण्डेले बताउनुभयो ।
स्रोतः रुपन्देही खबर
प्रतिक्रिया दिनुहोस्