वेवारिसे अवस्थामा फेला परेका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गहामगरले बताए । उनको पहिचान हुन नसकेको हुँदा उनलाई चिन्ने व्यक्तिले आफन्तलाई अथवा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अस्पताल दार्चुलामा सम्पर्क राख्न हुन सूचना अधिकारी गहामगरले अनुरोध गरेका छन् ।
उनको अनुहार र टाउकोमा गम्भीर चोट रहेको छ । कसैले कुटपिट गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्