मोटरसाइकल दुर्घटनामा परेकी एक महिलाको मृत्यु

कैलालीमा दुर्घटनामा परेकी एक महिलाको मृत्यु भएको छ।

शुक्रवार जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ बालाजी इट्टाभट्टा नजिकै दुर्घटना भएको थियो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का २८ वर्षिय राजेन्द्र नेगीले चलाएको से ४ प ५८८२ नम्बरको मोटरसाइकलले कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ सोनाफाँटाकी ६० वर्षीय पैदल यात्री सोमैया चौधरीलाई ठक्कर दिएको थियो। उनको टाउकोमा चोट लागको थियो।

टीकापुर अस्पतालमा शनिवार राति चौधरीको मृत्यु भएको प्रदेश प्रहरीले बताएको छ। मोटरसाइकल र चालक टीकापुर प्रहरीको नियन्त्रणमा छन्। घटनाको थप अनुसन्धान जारी छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्